११ श्रावण २०८३, सोमबार

८ अर्ब घोटालाको चपेटामा अध्यक्ष अधिकारी, जेनजी कर्मचारीले गरे कारबाहीको माग



काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध निगमभित्रका कर्मचारीहरूले तत्काल निलम्बन र छानबिनको माग गरेका छन् ।

अधिकारीविरुद्ध निगमभित्रका जेनजी कर्मचारीले तत्कालै निलम्बन, छानबिन र कारबाही गर्न माग गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की समक्ष निवेदन दिँदै पेश गरिको निवेदनमा भनिएको छ,‘अधिकारीले ८ अर्बको इन्जिन मर्मत टेन्डर प्रक्रिया नगरी गोप्य सम्झौतामा हस्ताक्षर गरेका छन् र प्रक्रियामा अपारदर्शिता अपनाएका छन् ।’

अधिकारीले निगमको एयरबस ३२० जहाजको मर्मतमा ढिलाइ गराउँदा निगमलाई ठूलो आर्थिक क्षति भएको निवेदनमा उल्लेख छ । साथै, उनले अन्तर्राष्ट्रिय टिकट बिक्रिमा मिलेमतो गर्ने र जीएसए नियुक्तिमा भ्रष्टाचार गरेको आरोप पनि छ ।