दसैं बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दसैं बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने



काठमाडौं । अध्यागमन विभागले दसैंको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ ।

असोज १६ गते विजया दशमीको दिन बाहेक अन्य सबै दिन बिहान ११ देखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डले पनि दसैं अवधिभर विशेष टोली खटाएर विदेशी पर्यटकलाई सहयोग जारी राख्ने जनाएको छ । यसले चाडपर्वका बेला नेपाल भ्रमणमा आउने पर्यटकलाई सहजता मिलाउने विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्