दुई महिनामै ८ अर्ब १२ करोडको निर्जीवन बीमा व्यापार, शीर्षस्थानमा सलिको, शिखर र सिद्धार्थ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दुई महिनामै ८ अर्ब १२ करोडको निर्जीवन बीमा व्यापार, शीर्षस्थानमा सलिको, शिखर र सिद्धार्थ



काठमाडौं । दुई महिनामा निर्जीवन बीमा व्यापारको आकार सवा आठ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

दुई महिनामा ठुला निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा ४.९२ प्रतिशत बढी हो । गत आवको साउन र भदौमा ती कम्पनीहरुले ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको दुई महिनामा ४ लाख ३२ हजार ६९ वटा बीमालेख बिक्री गरेका छन् ।

सो अवधिमा सबैभन्दा धेरै व्यापार गर्नेको पहिलो सूचीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) छ । कम्पनीले ८९ करोड ४४ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सलिकोले दुई महिनामा ४१ हजार २७१ वटा बीमालेख बिक्री गरेको छ ।

दोस्रो सूचीमा रहेको शिखर इन्स्योरेन्स कम्पनीले पनि ८४ करोड ८२ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । शिखरले साउन र भदौमा ५० हजार ५५० वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले पनि ७७ करोड ३३ लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४४ हजार ३०९ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

यता, हिमालयन एभरेष्ट इन्स्इोरेन्सले पनि ४४ हजार ४१८ वटा बीमालेख बिक्री गरि ७१ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख, आइजीआई प्रुडेन्सियलले ६२ करोड ९१ लाख, ओरियण्टलले ५९ करोड ५० लाख, नेकोले ५८ करोड १ लाख, युनाईटेड अजोडले ५७ करोड ४८ लाख, सानिमा जिआइसीले ४९ करोड ३७ लाख, नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख, नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख, प्रभूले ३२ करोड ३२ लाख र राष्ट्रिय बीमा कम्पनीले पनि २९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्