मुक्तिनाथ क्यापिटलको १६ औँ वार्षिक साधारणसभा, सेयर धनीलाई ९ प्रतिशत नगद लाभांश  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुक्तिनाथ क्यापिटलको १६ औँ वार्षिक साधारणसभा, सेयर धनीलाई ९ प्रतिशत नगद लाभांश 



काठमाडौँ । मुक्तिनाथ क्यापिटलका सेयर धनीहरूको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सभाले क्यापिटलका सेयर धनीहरूलाई चुक्ता पुँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

उक्त साधारण सभाले आ.व.२०८२/०८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एन्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्ति गरेको छ । 

असोज १० गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाण्डौंमा क्यापिटलका अध्यक्ष समीर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । 

उक्त सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व.२०८१/०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्