के तपाइँलाई याद छ, तराईबाट हेर्दा हिमाल कस्तो देखिन्छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

के तपाइँलाई याद छ, तराईबाट हेर्दा हिमाल कस्तो देखिन्छ ?



काठमाडौँ । शरद ऋतु दशैँ तिहारका र बारीमा फुल्ने बहुरंगी फूलहरुका कारणमात्रै लोकप्रिय होइन । आज पनि नेपाल घुम्न आउने पर्यटकले शरद वा वसन्तलाई सबैभन्दा ज्यादा रुचाउँछन् ।

नेपालीहरु नै पनि सर्वाधिक यात्रा तथा घुमघाम यही मौसममै गर्ने गर्छन् ।

अचेल त हाम्रो तराई क्षेत्रको आकाश ज्यादा समय ढकमक्क ढाकिएकै हुन्छ । तुवाँलोजस्तो देखिने प्रदूषणले हाम्रो आकाशलाई नराम्रोसँग गाँजीसकेको छ ।

मानिसहरुलाई अब नीलो आकाशको दर्शन गर्न पनि हत्तपत्त मौका नमिल्ने भएको छ । तर वातावरण यसरी प्रदूषित हुनुभन्दा अघि अर्थात् आजभन्दा ३०–४० वर्ष अघितिर नेपालका तराई भेगबाट सेता हिमालहरु र त्यस अगाडीका हरिया पहाडका लहरहरु सजिलै नियाल्न सकिन्थ्यो ।

तराईमा हुर्किएको प्र्राढ पुस्ताले आज पनि बारम्बार ती हिमालयका ‘दन्ते लहर’ सम्झिएर पुर्वस्मृतिमा आनन्द लिन्छन् ।

यही अशोज १८ र १९ गते भारी वर्षा भएपछि पुनः एकपल्ट तराई र हिमालको बीचमा पर्दा बनेर ढाकिएको प्रदूषणको जालोरुपी पर्दा उघ्रियो । समथर तराईबाट हिमालयका उन्नत शिखरहरु छर्लङ्ग देखिन थाले ।

यस्ता तस्वीरहरु सामाजिक सञ्जालमा पनि देखिए । एक जना फेसबूक प्रयोगकर्ता उज्वल उपाध्यायले पूर्वी तराईको सुनसरी सदरमुकाम इनरुवाबाट देखिएको मकालु हिमाल (८४८१ मीटर)को दृष्य पोस्ट गर्दै भनेका छन्, ‘गत हप्ता सम्भवतः दशकौँपछि पहिलो पटक तराईबाट हिमाल देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्