काठमाडौं आउने कर्मचारीका लागि बास, राष्ट्र बैंकले होटलसँग माग्यो सम्झौता प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं बाहिरका शाखाबाट कार्यसङ्गठनको लागि राजधानी आउने कर्मचारीहरूलाई बास बस्न सजिलो होस् भनेर होटल वा गेष्टहाउसहरूसँग सम्झौता गर्न प्रस्ताव मागेको छ ।
बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले इच्छुक होटल, अतिथि गृह वा गेष्टहाउसलाई १५ दिनभित्र प्रस्ताव पठाउन आह्वान गरेको हो ।
बैंकले काठमाडौंको बालुवाटार, थापाथली, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट र सिनामंगल क्षेत्र वरपर चक्रपथभित्र ५०० मिटरको दायरा भित्र पर्ने गुणस्तरीय सेवा दिने स्थानहरूलाई प्राथमिकता दिने जनाएको छ ।
राष्ट्र बैंकले सेवा प्रदायक होटल/गेस्टहाउसका लागि १९ बुँदे मापदण्ड तय गरेको छ । जसमा सफा कोठा, खानपान, सुरक्षा, इन्टरनेट सुविधा, तथा कर्मचारीको गोपनीयता सुनिश्चित हुनेजस्ता शर्तहरू छन् ।
होटल प्रयोग भएको दिन र संख्याका आधारमा मात्र मासिक रूपमा कम्पनीको खातामा भुक्तानी गरिने व्यवस्था गरिएको छ ।














