लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले लाभांश पारित गर्न आगामी कात्तिक ३० गते २४औं वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।सभामा सोही विशेष प्रस्ताव पारित हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्नेछ । यसकासाथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुने बैंकले जनाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ ।














