बुद्ध एयरले फेरि सुरु गर्यो कोलकाता उडान
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकाताका लागि पुन: नियमित उडान सुरु गरेको छ। यसअघि सन् २०१९ मा सुरु गरिएको सेवा केही समयमै रोकिएको थियो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले उडानको औपचारिक उद्घाटन गर्दै यो सेवा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
बुद्ध एयरले अबदेखि आइतबार, मंगलबार र बिहीबार काठमाडौं–कोलकाता उडान गर्नेछ । करिब १ घण्टा ३० मिनेटको यो यात्रा सहज बनाउन, सुरुवाती भाडा १३ हजार ३५४ रुपैयाँ तोकिएको छ ।
भारतमा बुद्ध एयरको यो दोस्रो नियमित गन्तव्य हो । यसअघि काठमाडौं–बनारस उडान नियमित रूपमा भइरहेको छ ।













