काठमाडौंमा ८ करोडका २ वटा पार्क बन्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ करोडको लागतमा २ वटा पार्क निर्माण गरिरहेको छ । काठमाडौ महानगरपालिका वडा ६ मा मात्रै ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।
बुधबार आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकन गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् । बुधबार मेयर शाक्यले वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटन गरेका छन । त्यस्तै वडा ६ को भवन निर्माण स्थल र सोहि वडामा निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क तथा वडा ७ को मचागाः पार्कको अनुगमन गरेका छन् ।












