सोमबार पनि सुनको मूल्यमा भारी गिरावट, तोलाको २ लाख ३९ हजार ९०० - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सोमबार पनि सुनको मूल्यमा भारी गिरावट, तोलाको २ लाख ३९ हजार ९००



काठमाडौं । साेमबार पनि नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार एकैदिन ११ हजार ६०० रूपैयाँले घटेको सुनकाे मूल्य आज ताेलामा २००० रूपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यउ प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा झरेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रूपैयाँ निर्धारण भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ४६० रुपैयाँले घटेको छ । हिजाे ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीकाे मूल्य आज ताेलाकाे २ हजार ५ सय ५५ रूपैयाँ काय भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्