मंसिरमा हुने भयो आइसिटी अवार्ड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मंसिरमा हुने भयो आइसिटी अवार्ड



काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण रोकिएको आइसिटी अवार्ड२०२० आगामी मंसिरमा हुने भएको छ ।

साउन महिनामा हुने अवार्ड कोभिड १९ का कारणले मंसिर महिनामा गर्न लागिएको अवार्डका संयोजक राजन लम्सालले बताएक छन ।यो अवार्ड लिभिङ विट आइसिटी पत्रिकाले प्रत्येक वर्ष सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलाई सन २०१६ देखि दिदै आएके हो ।

उनका अनुसार अवार्डका लागि अहिले छनोट कार्यसमेत भइरहेको छ । सूचना प्रविधिका क्षेत्रमा विभिन्न १३ विधामा अवार्ड प्रदान गरिन्छ । अवार्डका लागि अनलाइन आवेदन खुला गरेर अहिले छनोट चरण अन्तिममा पुगेको छ उनले भने ।


प्रतिक्रिया दिनुहोस्