पृथ्वीराजमार्ग पुन: सञ्चालनमा
मुग्लिन । चितवनको इच्छाकामना–३ चुमखोलामा खसेको सुक्खा पहिरो हटाएपछि पृथ्वीराजमार्गमा दुईतर्फी सवारी आवागमन पुन: सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब ९ बजे पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।
सडक विभागको टोलीले रातिदेखि नै पहिरो पन्छ्याएपछि यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।













