२० प्रतिशत बढ्यो जीवन बीमा व्यापार, व्यवासयको आकार ४९ अर्ब २२ करोड नाघ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२० प्रतिशत बढ्यो जीवन बीमा व्यापार, व्यवासयको आकार ४९ अर्ब २२ करोड नाघ्यो



काठमाडौं । जीवन बीमा व्यवसायको आकार तीन महिनामै ४९ अर्ब नाघेको छ । व्यापार वृद्धिदर पनि झन्डै २० प्रतिशत देखिएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा ठुला जीवन बीमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १९.८४ प्रतिशत बढी हो । जबकि, गत आवको पहिलो तीन महिनामा कम्पनीहरुले ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । गत आवको तुलनामा कम्पनीहरुले थप ८ अर्ब १४ करोड ९२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार तीन महिनामा नविकरण मार्फत कम्पनीहरुले ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । हाल कुल सक्रियरहेको बीमालेखको संख्या भने १ करोड १४ लाख ३८ हजार २७३ रहेको छ ।

समिक्षा अवधिमा सबै कम्पनीहरुले व्यापार बढाएका छन् । व्यवसायको आधारमा नेपाल लाइफकै वर्चश्व कायम छ । कम्पनीले तीन महिनामा १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने १२.२० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफले पनि तीन महिनामा ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यसाय भने १५.९० प्रतिशत वृद्धि भएको हो ।

समिक्षा अवधिमा एलआइसी नेपालले ४ अर्ब ९८ करोड ३४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड २२ लाख, हिमालयन लाइफले ४ अर्ब ४३ करोड ६१ लाख, सूर्यज्योतिले २ अर्ब ८८ करोड १० लाख, २ अर्ब ८८ करोड १० लाख, एशियन लाइफले २ अर्ब २६ करोड ९६ लाख र सिटिजनले २ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
व्यवसाय वृद्धिदरमा भने राष्ट्रिय जीवन पहिलो सूचीमा छ । कम्पनीको व्यवसाय २२२.४९ प्रतिशत बढेको छ ।

प्राधिकरणका अनुसार समिक्षा अवधिमा सानिमा रिलायन्सले १ अर्ब ८१ करोड ४० लाख, मेट लाइफले १ अर्ब ६६ करोड ४२ लाख, आइएमई लाइफले १ अर्ब ५१ करोड ५४ लाख, रिलायवल नेपाल १ अर्ब ४५ करोड ६६ लाख, प्रभू महालक्ष्मीले १ अर्ब ४० करोड ६ लाख र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्