विहिबार हालसम्मकै सर्वाधिक ४ हजार ३६४ जनामा कोरोना, संक्रमितको संख्या एक लाख नजिक

काठमाडौं । विहिबार नेपालमा थप ४३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा गरिएको जाँचमा ४३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या २६ सय ७५ जना रहेका छन । योसंगै निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । देशभर २६ हजार ६सय ८४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।