सूर्यज्योति लाइफले कमायो १२ करोड ८० लाख नाफा, आम्दानी १२.२८ प्रतिशत वृद्धि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सूर्यज्योति लाइफले कमायो १२ करोड ८० लाख नाफा, आम्दानी १२.२८ प्रतिशत वृद्धि



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनासम्म सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा वृद्धि भएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म कम्पनीले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले वृद्धि हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १२.२८ प्रतिशतले वृद्धि भई ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी १४.८२ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ र कुल खर्च १२.१७ प्रतिशतले बढेर ३ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) १० रुपैयाँ २२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको उल्लेख गरिएको छ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ति कोष ४२ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ४ करोड १९ लाख रुपैयाँ, र अन्य इक्विटी २५ करोड ७३ लाख रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्