एमसीए नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारण लाइनको लागि जग्गा निषेध
काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले एमसीए नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारण लाइनको लागि आवश्यक क्षेत्रको जग्गामा संरचना निर्माण र रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत् प्रसारण लाइनको मध्यरेखाबाट दायाँ–बायाँ २३–२३ मिटर क्षेत्रमा करिब १ हजार ३८१ हेक्टर जग्गामा संरचना निर्माण र रुख रोप्न निषेध हुनेछ ।












