सन नेपाल लाइफकाे मुनाफा ४४ प्रतिशत बढ्याे, ईपीएस कति ?
काठमाडौं । चालु आर्थिक वर्षको असाेज मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सले २३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ।
कम्पनीले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण अनुसार गत आवकाे तुलनामा कम्पनीकाे मुनाफा ४४ प्रतिशत बढेकाे हाे ।
गत आर्थिक वर्षको असाेज मसान्तमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यस्तै गत आर्थिक वर्षको असाेज मसान्तमा १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले समिक्षा अवधिमा १ अर्ब ८ करोडरुपैयाँ आर्जन गरेको छ।
यस्तै समिक्षा अवधिमा कम्पनीले खुद बीमाशुल्क १ अर्ब ४ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवकाे सोहि अवधिमा कम्पनीले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८.९५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१.८९ रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ रहेको छ।













