राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक
काठमाडौं । बायोमेट्रिक सहितको राष्ट्रिय परिचय पत्र जारी गर्ने तथा देशवासीको जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना दर्ता गर्ने निकाय अर्थात् राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।
यो वेवसाइट कसले कहाँबाट ह्याक गर्यो भन्ने पत्ता लाग्न सकेको छैन । सरकारले विभिन्न प्राविधिक टोलि प्रयोग गरेर वेवसाइट रिकभर गर्ने कोसिस गरिरहेको छ । उक्त वेवसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिएको थियो ।
सरकारले गएको मध्येराती प्रसाईँलाई घरमा सुतिरहेको बेला गेट तोडेर पक्राउ गरेको थियो । मध्येराती प्रसाईँ पक्राउ परेको खरब सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हल्लिखल्लि भएको थियो ।
अहिले सम्म पनि उक्त साइट खुलेको छैन ।

यद्यपि, अहिले ह्याक भएको वेवसाइटमा नागरिकका वैयक्तिक विवरणहरु नभएको सरकारी अधिकारीहरुले बताएका छन् ।













