उपत्यकाका मुख्य सडकका खाल्डा-खुल्डी मर्मतसँगै कालोपत्रे गर्न सुरु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

उपत्यकाका मुख्य सडकका खाल्डा-खुल्डी मर्मतसँगै कालोपत्रे गर्न सुरु



काठमाडौं । काठमाडौंको सडक मर्मतका काम हिउँद सुरूसँगै तीव्र गतिमा अघि बढेको छ ।

वर्षौंदेखि असार महिनामा मात्रै खर्च सक्न खोजिएको जस्तो देखिने सडक मर्मत अब नियमित कालोपत्रे र खाल्डा–खुल्डी भराइमार्फत वर्षैभरि हुने व्यवस्था तर्फ सरकार अघि बढेको छ ।

सडक डिभिजन कार्यालयका अनुसार काठमाडौंका मुख्य मार्गहरूमा अहिले खाल्डा पुर्ने, सतह सम्याउने र कालोपत्रे गर्ने कामलाई प्राथमिकतासहित सञ्चालन गरिएको छ ।

उपत्यकालाई सुन्दर, सफा र सुरक्षित शहर बनाउने लक्ष्यसहित नियमित सडक मर्मतलाई सक्रिय बनाइएको हो । विकास निर्माण हिउँदमै शुरू हुँदा पूँजीगत खर्च समयमै हुने र कामको गुणस्तर पनि राम्रो हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्