अभिकर्ता कमिशनमा जीवन बीमकले खर्चिए साढे तीन अर्ब, कुन कम्पनीको बढ्यो–कुनको घट्यो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अभिकर्ता कमिशनमा जीवन बीमकले खर्चिए साढे तीन अर्ब, कुन कम्पनीको बढ्यो–कुनको घट्यो ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई साढे ३ अर्ब रुपैयाँ दिएका छन् ।

कमिसन खर्च बापत १४ ठुला जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सो बराबरको रकम खर्चिएको देखिन्छ । कम्पनीहरुले हालै प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अभिकर्ता कमिशन खर्च दोहोरो अंकमा वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले ३ अर्ब २४ करोड ९६ लाख रुपैयाँ दिएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १०.५२ प्रतिशत बढेर ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बाहेकका सबै कम्पनीहरुको अभिकर्ता कमिशन खर्च बढेको देखिन्छ । सूर्यज्योतिको यस्तो खर्च ३.७२ प्रतिशत घटेर २१ करोड ८४ लाख रुपैयाँ छ ।

रकमको आधारमा सबैभन्दा धेरै नेपाल लाइफले ९६ करोड ४ लाख रुपैयाँ खर्चिएको छ । यो गत आवको तुलनामा १०.२४ प्रतिशत धेरै हो । दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि अभिकर्ता कमिशनमा ४७ करोड ७१ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीको यस्तो खर्च ११.९८ प्रतिशत धेरै हो ।

तर, वृद्धिदरका आधारमा भने सिटिजन र आइएमई लाइफ शीर्ष सूचीमा छन् । सिटिजन लाइफले अभिकर्ता कमिसन खर्च २१.३४ प्रतिशत बढाएर २० करोड २५ लाख रुपैयाँ पुर्याएको छ । यता, आइएमई लाइफले पनि २१.३३ प्रतिशत बढाएर १३ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा यी दुई कम्पनीको यस्तो खर्च क्रमश: १६ करोड ६९ लाख र १० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि यस्तो खर्च २०.३६ प्रतिशत बढाएर ३४ करोड ५८ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा मेट लाइफको अभिकर्ता कमिशन १४.६४ प्रतिशत, सानिमा रिलायन्सको १४.१२ प्रतिशत, प्रभू महालक्ष्मीको ११.५१ प्रतिशत, एशियनले १०.६३ प्रतिशत, रिलायवल नेपालको ९.२७ प्रतिशत, हिमालयन लाइफको २.६३ प्रतिशत, सन नेपाल लाइफको १.५४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १.१६ प्रतिशत वृद्धि भएको देखिन्छ ।

अभिकर्ता कमिशनका लागि कुन कम्पनीले कति खर्चिए ?

(स्रोत: सम्वन्धित कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण, रकम हजारमा)


प्रतिक्रिया दिनुहोस्