९ श्रावण २०८३, शनिबार

‘केटीएम इन्ड्योर आर’ अब नेपालमा उपलब्ध, बुकिङ र टेस्ट–राइड खुला



काठमाडौं । केटीएम नेपालले आफ्ना ग्राहकका लागि नयाँ मोडेल केटीएम इन्ड्योर आर नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ।

अफ–रोड क्षेत्रमा रुचि राख्ने नेपाली चालकका आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यो मोटरसाइकल आदर्श शक्ति, चपलता तथा कठिन भू–भागमा सहज सञ्चालन गर्न सक्ने क्षमता लिएर आएको छ।

इन्ड्योर आरले रेडी टु रेस डीएनएअनुसार निर्माण भएकाले हेलम्बु, मनाङ, मुस्ताङ, रोल्पा, जुम्ला जस्ता चुनौतीपूर्ण बाटोमा समेत स्थिर प्रदर्शन गर्न सक्षम छ। यसको मजबुत चेसिस, उच्च जमिन क्लियरेन्स, सुगठित सस्पेन्सन, इन्धन बचत गर्ने दक्ष इन्जिन, सुरक्षित ब्रेकिङ प्रणाली तथा अफ–रोडका लागि विशेष रूपमा समायोजन गरिएका टायरहरूले नेपाली भू–भागमा यसको उपयोगिता झनै बढाउँछ।

देशभरका धेरैजसो क्षेत्रमा देखिने ढुंगा–माटोको बाटो, उकालो–ओरालो, नदी थुनेका पथ तथा बिग्रिएका सडक अवस्थालाई ध्यानमा राखेर यो मोडेल नेपालका लागि उपयुक्त मानिएको छ। ग्रामीण तथा पहाडी ठाउँमा नियमित रूपमा यात्रा गर्ने र अफ–रोड साहसिक यात्रामा रमाउने चालकका लागि यो मोटरसाइकल दीर्घकालीन भरोसा बन्ने अपेक्षा गरिएको छ।

केटीएम इन्ड्योर आर अहिले देशभरका अधिकृत केटीएम शोरूमहरूमा उपलब्ध भएको छ। कम्पनीले बुकिङ सुचारु गरेको छ भने इच्छुकले सहज रूपमा टेष्ट–राइड समेत लिन सक्ने व्यवस्था मिलाइएको छ।

कम्पनीले केटीएम इन्ड्योर आरको नेपाली बजार मूल्य भने सार्वजनिक गरेकाे छैन ।


प्रतिक्रिया दिनुहोस्