बाढी–पहिरो प्रभावित व्यवसायका लागि कर्जाको पुनरसंरचना सुविधा, कति तिर्नुपर्छ ब्याज ?
काठमाडौं । राष्ट्र बैंकले हालैको बाढी र पहिरोबाट प्रभावित जिल्लाका उद्यमी तथा व्यवसायीका लागि कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण सुविधा उपलब्ध गराएको छ ।
सोमबार केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो सुविधा दिइएको हो ।
इलाम लगायत प्राकृतिक विपत्तिबाट असर पर्ने अन्य जिल्लाका उद्यमी व्यवसायीहरूले प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज असुल गरि एकपटकका लागि ऋण पुनर्संरचना गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ ।
‘हालैको बाढी/पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ’, मौद्रिक नीतिको समिक्षामा भनिएको छ ।













