बीमा अभिकर्ताको लाइसेन्स नविकरण सम्बन्धी नयाँ निर्देशन जारी, के के छन् नयाँ व्यवस्था ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा अभिकर्ताको लाइसेन्स नविकरण सम्बन्धी नयाँ निर्देशन जारी, के के छन् नयाँ व्यवस्था ?



काठमाडाैं । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुलाई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्ने सम्बन्धी नयाँ निर्देशन जारी गरेकाे छ ।

प्राधिकरणको मंसिर १५ गते बसेको बैठकले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्ने सम्बन्धमा विभिन्न निर्देशनहरू जारी गरेको हो ।

उक्त निर्देशन अनुसार बीमकले इजाजतपत्रकाे म्याद सकिएकाे अवधिदेखि ३ महिना भित्र इजाजत पत्र नविकरणका लागि आवेदन पेश नगरे लाइसेन्स खारेज हुने भएकाे छ ।

बीमा ऐन, २०७९ काे दफा ९५ बमाेजिम इजाजतपत्रकाे म्याद सकिएकाे अवधिदेखि ३ महिना भित्र इजाजत पत्र नविकरणका लागि निवेदन पेश नगर्ने बिमा अभिकर्ताकाे इजाजत पत्र स्वतः खारेज हुने उल्लेख छ ।

यस्तै बीमा ऐन, २०७९ काे दफा ९४ काे उपदफा २ बमाेजिम इजाजतपत्रकाे अवधिभित्र नविकरण गर्न नसकेका म्याद सकिएकाे अवधिदेखि ३ महिना भित्र अनुसूची ७ बमाेजिम विलम्ब शुल्क १ हजार रूपैयाँ तिरेर निवेदन पेश गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्