वाइडबडी जहाज खरीदमा भएको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्याे, 'विशेष'को फैसला अख्तियारलाई चित्त बुझेन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वाइडबडी जहाज खरीदमा भएको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्याे, ‘विशेष’को फैसला अख्तियारलाई चित्त बुझेन



काठमाडौं । करीब ९ वर्ष अघिको वाइडबडी विमान खरिद प्रकरणमा मुछिएर सफाइ पाएकाहरूलाई सजाय हुनुपर्ने माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको र त्यसलाई बदर गरी सफाइ पाएकाहरूलाई पनि कारबाही हुनुपर्ने माग सहित अख्तियारले सर्वोच्च अदालतको ढोका ढकढक्याएको हो ।

यसअघि विशेष अदालतले पोहोर अर्थात् २०८१ मंसिरमा ३२ जना आरोपितहरूमध्ये १० जनालाई दोषी ठहर गरेर अरूलाई सफाइ दिएको थियो ।

खरिद प्रक्रियामा संलग्न नेपाल वायुसेवा निगमका सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन सचिव शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछाने दोषी ठहर भएका थिए । विमान आपूर्ति प्रक्रियामा संलग्न कम्पनीहरू र तिनका प्रतिनिधिहरू सबै दोषी ठहर भएका थिए ।

तर विशेष अदालतको फैसलाले तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाही, सञ्चालक समितिका अधिकांश पदाधिकारी र १४ जना नेपाल बायुसेवा निगमका कर्मचारीलाई सफाइ दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्