लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई टक्सनको १३ दिने रोड ट्रिपका लागि ३ जनालाई गर्यो विदाई
काठमाडाैं । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन जना नेपाली यात्रीलाई काठमाडौंदेखि कन्याकुमारीसम्म सडक यात्रामा पठाएको छ ।
यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल थिए।
यो १३ दिने यात्रा मंसिर १७ देखि मंसिर २९ सम्म चल्नेछ। यस अवधिमा करिब ८,००० किलोमिटरको दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ।
यो यात्रामा यात्रीहरूले विजय कसाजूको लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी हुन्डाई टक्सन प्रयोग गर्ने कम्पनीले वजनाएको छ। ।
हुन्डाई टक्सन आफ्नो अल-व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू-भागको यात्राका लागि उपयुक्त मानिन्छ।
टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन्। यसका अतिरिक्त, आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन्।
यस स्तरका सडक यात्राहरूले नेपाली यात्रुहरू बीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान, र सडक गतिशीलता चेतनालाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास कम्पनीले व्ययक्त गरेको छ। साथै लक्ष्मी इन्टरकन्टिनेन्टलले सम्पूर्ण टोलीलाई सुरक्षित, सहज र स्मरणीय यात्राको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।













