नेपाल इन्स्योरेन्सले शुक्रबार र शनिबार फुटसल प्रतियोगिता आयोजना गर्दै
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कम्पनीले मसिंर १९ र २० गते सामाखुसी फुटसलमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।
उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ ।
उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।













