लाभांश प्रस्ताव पारित गर्न एनएमबि बैंकले पुस २४ गते बोलायो साधारण सभा
काठमाडौं। एनएमबि बैंकले लाभांश प्रस्ताव स्वीकृत गर्न साधारण सभा डाकेको छ। आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले पुस २४ गते साधारण सभा गर्ने निर्णय गरेकाे हाे ।
बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद गरेर १० प्रतिशत प्रतिफल घोषणा गरेको छ। बुक क्लोजअघि कायम सेयरधनीले लाभांश पाउनेछन्।
जसमा ५ प्रतिशत बोनस सेयर अन्तर्गत ९१ कराेड ८३ लाख ३५ हजार २९७ र नगद ९१ कराेड ८३ लाख ३५ हजार २९७ रूपैयाँ बड्नेछ ।
बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ९ गते बुक क्लोज तोकेको छ। एनएमबिको चुक्ता पुँजी हाल १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ।












