जेन–जी आन्दोलनमा आगलागी भएको चन्द्रागिरि केबलकारले बोनस दिने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेन–जी आन्दोलनमा आगलागी भएको चन्द्रागिरि केबलकारले बोनस दिने 



काठमाडौं । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगलागी भएको चन्द्रागिरि हिल्स (केबलकार)ले बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट बोनस दिने भएको हो । 

कम्पनीका सचिव झलकराज शर्माका अनुसार सोमबार बेलुका ४ बजे बसेको ८५ औँ सञ्चालक समितिको बैठकले बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै कम्पनीले उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत अर्थात् ४० लाख ३७ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ । 

बोनस पारित सहित कम्पनीले वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले पुस २३ गते बुधवार दिनको ११ बजेदेखि चन्द्रागिरि हिल्स लिमिटेड बटम स्टेसन परिसर थानकोटमा सभा गर्ने भएको छ । 

सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पारित, वासलात, आय व्ययका हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका एजेन्डा साधारण सभाको रहेको छ । 


प्रतिक्रिया दिनुहोस्