११ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्ष देखि ३ वर्षसम्मका लागि विभिन्न ११ निर्माण कम्पनी कालोसूचीमा राखेको छ ।
विभिन्न १० निकायले कालोसूचीमा राख्न लेखी पठाएका कारणले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ उल्लङ्घन गरेको भन्दै कार्यालयले कालोसूचीमा राखेको हो । सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।
६ निर्माण कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् भने ३ निर्माण कम्पनी २ वर्षका लागि कालोसूचीमा परेका छन् । एक निर्माण कम्पनी भने ३ वर्षका लागि कालोसूचीमा परेको सार्वजनिक सूचनामा उल्लेख छ ।
यस्ता छन् कम्पनीको सूची

















