जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीले दिए साढे ५ अर्ब दावी भुक्तानी, गाडी जल्नेले पाए सवा १ अर्ब - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीले दिए साढे ५ अर्ब दावी भुक्तानी, गाडी जल्नेले पाए सवा १ अर्ब



काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षति उपर निर्जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब बढी दावी रकम बीमितहरुलाई भुक्तानी दिएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा व्यापाक मात्रामा क्षति पुगेको थियो । धेरै भौतिक संरचना र सवारी साधानहरुमा ठुलो क्षति पुगेको थियो ।

सोही क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा ३ अर्ब ४५ करोड बराबरको दावी परेको थियो । त्योमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी ५ अर्ब १८ करोडरुपैयाँ बराबरको दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव रू. १९ अर्ब २ करोडमध्ये करिव रू. ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४७ करोडमध्ये करिव रू. १ अर्ब २२ करोड भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव रू. ५५ करोड ४७ लाख दाबी रकममध्ये करिव रू. ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिव रू. ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

अग्रिम भुक्तानी सहित करिव रू. ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।


प्रतिक्रिया दिनुहोस्