९ श्रावण २०८३, शनिबार

प्राइम कमर्सियल बैंकले घाेषणा गर्‍यो लाभांश, नगद र बाेनस कति ?



काठमाडाैं । प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले गत आर्थिक वर्षको मुनाफबाट ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतले हुन आउने १ अर्ब ६३ कराेड ३९ लाख १ हजार ११२.८५ रूपैयाँ वितरण गर्ने भएकाे हाे।

जसअन्तर्गत १ अर्ब ५५ कराेड २२ लाख ६ हजार ५७.२९ (८ प्रतिशत) रूपैयाँ बराबरकाे बाेनस सयर र सोको कर प्रयोजनार्थ ८ कराेड १६ लाख ९५ हजार ५५.५६ (०.४२१ प्रतिशत) रूपैयाँ नगद लाभांश रहेकाे छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्