मिड सोलु हाइड्रोपावरको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको प्रतिकित्ता ७८९.२६ रुपैयाँ कायम भएको छ । बुधवारको अन्तिम कारोबार मूल्य ९१८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो ।
त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको समायोजित शेयर मूल्य प्रतिकित्ता ७२७.०२ रुपैयाँ कायम भएको छ । बुधवार कम्पनीको अन्तिम कारोबार मूल्य ७६८ रुपैयाँ थियो ।













