४ आश्विन २०८३, आइतबार

१२ दिनका लागि बजारबाट २० अर्ब रुपैयाँ निक्षाेप तान्दै राष्ट्र बैंक



काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने भएकाे छ।

निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले १२ दिनका लागि २० अर्ब रूपैयाँ तान्न लागेकाे हाे । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो १२ दिने निक्षेप संकलन उपकरणको पुस २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।