नेपाल थप ३५५६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो « Arthapath.com
८ असार २०८२, आईतबार

नेपाल थप ३५५६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजा ३५८ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ६६३ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या ७८ हजा ७८० जना रहेका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ३५९१५ पुगेको डा. गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्