५ महिनामा १४ जीवन बीमा कम्पनीको करिब ७६ अर्बको व्यवसाय, धेरै नेपाल लाइफ हुँदा थोरै सन नेपाल, ग्रोथमा आक्रामक राष्ट्रिय जीवन बीमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ महिनामा १४ जीवन बीमा कम्पनीको करिब ७६ अर्बको व्यवसाय, धेरै नेपाल लाइफ हुँदा थोरै सन नेपाल, ग्रोथमा आक्रामक राष्ट्रिय जीवन बीमा 



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्ममा जीवन बीमा व्यवसाय बढेको छ । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको ५ महिनाको अवधि तथ्यांक अनुसार ७६ अर्ब ९० करोड ५७ लाख ९ हजार रुपैयाँ बराबरको १४ वटा जीवन बीमा कम्पनीले व्यवसाय गरेका छन् । 

उक्त व्यवसाय गत आर्थिक वर्ष २०८१–८२ को ५ महिनाको तुलनामा १६.९८ प्रतिशतले बढी हो । गत वर्ष १४ बीमा कम्पनीले ६५ अर्ब ७४ करोड १८ लाख ४८ हजार रुपैयाँ व्यवसाय गरेका थिए । जुन चालु आर्थिक वर्षको ५ महिनाको तुलनामा ११ अर्ब १६ करोड ३८ लाख ६१ हजार रुपैयाँले कम हो । 

चालु आर्थिक वर्षको ५ महिनामा नवीकरण बीमा शुल्क बापत ५९ अर्ब ९३ करोड ४९ लाख २२ हजार रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क बापत १६ अर्ब ९७ करोड ७ लाख ८७ हजार रुपैयाँ १४ कम्पनीले आर्जन गरेका छन् । 

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा कुल १ करोड १५ लाख ३९ हजार १९५ बीमालेख सक्रिय रहेको छ । मंसिरसम्म ७७ अर्ब ८८ करोड ७ लाख ३८ हजार रुपैयाँ बराबरको बीमाकं रकम हरेको प्राधिकरणले जनाएको छ । 

१४ कम्पनीले मंसिर महिनामा मात्र १४ अर्ब ६८ करोड ७२ लाख ५१ हजार रुपैयाँ बराबरको व्यवसाय भएको छ । जसमा प्रथम बीमा शुल्कबाट ४ अर्ब २४ करोड ६८ लाख ४७ हजार रुपैयाँ र नवीकरणबाट १० अर्ब ४४ करोड ४ लाख ४ हजार रुपैयाँ व्यवसाय भएको छ । 

सबैभन्दा  धेरै नेपाल लाईफले व्यवसाय गरेको छ । जसले २१ अर्ब २७ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरको आफैले ५ महिनामा व्यवसाय गरेको छ । उक्त व्यवसाय अघिल्लो वर्षको ५ महिनाको तुलनामा १३.९१ प्रतिशतले बढी हो । 

सबैभन्दा कम भने सन नेपाल लाइफले गरेको छ । सन नेपालले १ अर्ब ६४ करोड ९९ लाख १५ हजार रुपैयाँ बराबरको मात्र ५ महिनामा व्यवसाय गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७२ प्रतिशतले बढी हो । 

हुनुहोस् १४ कम्पनीको अवस्था 


प्रतिक्रिया दिनुहोस्