जेनजी युवाकाे दवाबमा कुलमान रास्वपा प्रवेश, प्रधानमन्त्री नपाउने १८ सांसद पाउने
काठमाडौं । पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको हो ।
घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका छन् । अन्ततः रास्वपा, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।
पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । तर कुलमानसँग पटक–पटक संवाद हुँदै आएपनि सहमति हुन सकेको थिएन ।
सुदन गुरूङ लगायतका केही जेनजी अगुवाहरुले रास्वपा र घिसिङबीच एकताका लागि सहजिकरण गरेका हुन् ।














