सेवा क्षेत्रकाे कर्जा दोब्बरले वृद्धि, ५९ प्रतिशत लगानी बागमतीमै थुप्रियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा क्षेत्रमा प्रवाह हुने कर्जा एक वर्षमा ६.६ प्रतिशत बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरुले सेवा क्षेत्रमा गरेको लगानी २१ खर्ब ८४ अर्ब ४ करोड पुगेको छ ।
कुल कर्जामध्येसेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ३९.१ प्रतिशत रहको छ । सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७.३ प्रतिशत कर्जा प्रवाह भएको छ भने रियल स्टेट उपक्षेत्रमा १२.२ प्रतिशत, पर्यटन उपक्षेत्रमा ११.८ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११.३ प्रतिशत, शिक्षा उपक्षेत्रमा ६.६ प्रतिशत, यातायात, भण्डारण र सञ्चार उपक्षेत्रमा ३.७ प्रतिशत, अन्य सेवा उपक्षेत्रमा ३.७ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्य सम्बन्धी उपक्षेत्रमा ३.३ प्रतिशत कर्जा प्रवाह भएको छ ।
सेवा क्षेत्रमा प्रवाहित कर्जामध्ये बागमती प्रदेशमा प्रवाहित कर्जाको हिस्सा सबैभन्दा बढी ५९.५ प्रतिशत रहको छ । हालसम्म बैंक तथा वित्तिय संस्थाबाट १२ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ प्रवाह भएको छ।
यस्तै लुम्बीनीमा १०.३ प्रतिशत अर्थात २ खर्ब २३ अर्ब ९५ करोड, २३ लाख, कोशीमा १०.१ प्रतिशत अर्थात २ खर्ब २१ अर्ब ४६ करोड, मधेशमा ९ प्रतिशत अर्थात १ खर्ब ९६ अर्ब ७६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।
यसैगरी गण्डकीमा १ खर्ब ५१ ऋर्ब ५९, सुदुरपश्चिममा ६६ अर्ब ५० करोड र कणार्लीमा सबैभन्दा कम २४ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रभाह भएको छ।

यता २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा संकलित कुल निक्षेप ७२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये बागमती प्रदेशबाट मात्रै ४७ खर्ब ९७ अर्ब रुपैयाँ संकलन भएको छ, जुन कुल निक्षेपको ६५.८ प्रतिशत हो।
बागमतीपछि गण्डकी प्रदेशबाट ६ खर्ब १२ अर्ब रुपैयाँ, कोशी प्रदेशबाट ५ खर्ब ५३ अर्ब रुपैयाँ, मधेस प्रदेशबाट ४ खर्ब ७ अर्ब रुपैयाँ, सुदूरपश्चिमबाट १ खर्ब ७३ अर्ब रुपैयाँ र कर्णाली प्रदेशबाट ९१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकको तथ्यांक छ।













