५ महिनामा १ अर्ब ४४ करोडकोको वैदेशिक रोजगार म्यादी बीमा, बढी बागमती हुँदा कम कर्णालीमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनाको अवधिमा १ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमा भएको छ । प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ अर्ब ४४ करोड ७५ लाख ३९ हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार म्यादी बीमा व्यवसाय भएको छ ।
विदेशमा काम गर्न जाने नेपाली श्रमिकका लागि अनिवार्य रूपमा गरिने निश्चित अवधिका लागि गरिने जीवन बीमा हो । यो बीमाको मुख्य उद्देश्य विदेशमा काम गर्ने क्रममा श्रमिकलाई हुने मृत्यु, स्थायी अशक्तता वा गम्भीर जोखिमबाट परिवारलाई आर्थिक सुरक्षा प्रदान दिनु हो ।
विदेश जानुअघि श्रमिकले निश्चित वर्षका लागि बीमा गर्ने गरेका हुन्छन् । यो बीमामा बीमाको अवधि सामान्यतया रोजगार सम्झौताको अवधिसँग मिल्दोजुल्दो हुने गरेको छ । सो अवधिभित्र केही अनहोनी भएमा बीमा रकम परिवारले पाउने यसमा टम्स रहेको हुन्छ ।

चालु आवको ५ महिनामा ७८ अर्ब ७७ करोड ५८ लाख ९७ हजार रुपैयाँ बराबरको पुरै जीवन बीमाको व्यवसाय हुँदा वैदेशिक बीमा १६ प्रतिशत भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दिएको तथ्यांक अनुसार ५ महिनामा २४ लाख २० हजार ६२० वटा पुरै बीमालेख जारी भएको छ । जुन जीवन बीमा कम्पनीहरूले पुरै जारी गरेको बीमालेखको ७ प्रतिशत हो । पुरै जीवन बीमा कम्पनीहरूले भने ५ महिनामा १ करोड १६ लाख ६७ हजार ८५४ वटा बीमालेख जारी गरेका छन् ।
प्रदेशगत रुपमा हेर्ने हो भने सबैभन्दा बढी बीमाको व्यवसाय र बीमालेख बागमतीमा भएको छ भने सबैभन्दा कम कर्णालीमा भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
प्राधिकरणको तथ्यांक हेर्दा ५ महिनामा बागमतीमा मात्र १ अर्ब ३४ करोड १७ लाख ३१ हजार रुपैयाँ बराबरको २३ लाख ८६ हजार ७१६ वटा बीमालेख जारी भएको छ । यता कर्णालीमा भने ३० लाख ९१ हजार रुपैयाँ बराबरको १ हजार ३७ बीमालेख जारी भएको छ ।

दोस्रो र तोस्रोमा भने क्रमशः लुम्बिनी र कोशी प्रदेश रहेको छ । सोही अवधिमा लुम्बिनीमा २ करोड ५९ लाख ८ हजार रुपैयाँ बराबरको ८ हजार ३११ वटा बीमालेख जारी भएको छ भने कोशीमा ३ करोड ७ लाख ४१ हजार रुपैयाँ बराबरको ९ हजार ७०४ वटा बीमालेख जारी भएको छ ।
साथै, चालु आवको ५ महिनाको अवधिमा गण्डकीमा १ करोड ७० लाख ४९ हजार रुपैयाँको ५ हजार ५३८ बीमालेख जारी भएको छ । मंसिर मसान्तसम्ममा मधेस प्रदेशमा भने २ करोड ५८ लाख ७२ हजार रुपैयाँ बराबरको ८ हजार ३३९ वटा र सुदूरपश्चिममा ३१ लाख ४७ हजार रुपैयाँ बराबरको १ हजार ७७ वटा बीमालेख जारी भएको छ ।













