४ आश्विन २०८३, आइतबार

आज फेरि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले १ वर्षे अवधिका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ङ’ निष्काशन गर्न लागेको हो ।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ भने बोलकबोलका माध्यमबाटै ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

यस ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २३ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। ऋणपत्र यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ ।

राष्ट्र बैंकले हिजाे (पुस २२ गते) पनि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेकाे थियाे ।