५ करोड ब्यारेल तेल अमेरिकालाई दिन भेनेजुएला तयार, ट्रम्पमाथि लाग्याे तेल भण्डार कब्जा गरेकाे आरोप - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ करोड ब्यारेल तेल अमेरिकालाई दिन भेनेजुएला तयार, ट्रम्पमाथि लाग्याे तेल भण्डार कब्जा गरेकाे आरोप



काठमाडौं । भेनेजुएलाले ३ करोडदेखि ५ करोड ब्यारेल तेल संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ।

भेनेजुएलाको कच्चा तेलमध्ये अधिकतम २ अर्ब डलर बराबरको तेल संयुक्त राज्य अमेरिकामा निर्यात गर्ने सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । जुन बजार मूल्यमा बिक्री गरिनेछ भने त्यसबाट प्राप्त रकम अमेरिकाको नियन्त्रणमा रहनेछ।

भेनेजुएलाका अन्तरिम अधिकारीहरूले प्रतिबन्धित तेल हस्तान्तरण गर्नेछन् । यसबाट प्राप्त रकम भेनेजुएला र संयुक्त राज्य अमेरिकाका जनताको हितमा प्रयोग गरिनेछ ” ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्।

ऊर्जा सचिव क्रिस राइटलाई यो योजना तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिइएको छ भने ती ब्यारेलहरू भण्डारण जहाजमार्फत ल्याइने र सिधै संयुक्त राज्य अमेरिकाका अनलोडिङ डकहरूमा पुर्‍याइने बताइएको छ।

यो सम्झौता भेनेजुएला सरकारले ट्रम्पको मागलाई स्वीकार गरिरहेको स्पष्ट संकेत हो, जसअनुसार उसले अमेरिकी तेल कम्पनीहरूका लागि ढोका खोल्नुपर्छ, नत्र थप सैन्य हस्तक्षेपको जोखिम रहनेछ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिका र निजी कम्पनीहरूलाई भेनेजुएलाको तेल उद्योगमा पूर्ण पहुँच दिन चाहेको ट्रम्पले बताएका छन् ।

भेनेजुएलासँग ट्याङ्करहरू र भण्डारण ट्याङ्कहरूमा लाखौँ ब्यारेल तेल लोड गरिएको छ, तर डिसेम्बरको मध्यदेखि ट्रम्पद्वारा लगाइएको निर्यात नाकाबन्दीका कारण त्यो तेल पठाउन सकेको छैन।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको सरकारमाथि बढ्दो अमेरिकी दबाब स्वरूप याे नाकाबन्दी लगाइएकाे थियाे भने मदुरोलाई जनवरी ३, २०२६ मा संयुक्त राज्य अमेरिकाले एक सैन्य अपरेशनमार्फत काराकासबाट पक्राउ गरेको छ ।

विशेषगरी सन् २०२० मा अमेरिकाले भेनेजुएलासँग तेल व्यापार गर्ने कम्पनीहरूमाथि प्रतिबन्ध लगाएपछि, चीन भेनेजुएलाको सबैभन्दा ठूलो खरिदकर्ता रहँदै आएको छ।

भेनेजुएलाका शीर्ष अधिकारीहरूले मादुरोको पक्राउलाई अपहरण भनेका छन् र अमेरिकाले देशको विशाल तेल भण्डार चोर्न खोजेको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस्