४ आश्विन २०८३, आइतबार

एनएमबि बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित



काठमाडौं । एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा पुस २४ गते बिहीबार, काठमाण्डौंको टुँडिखेल स्थित त्रिभुवन आर्मि अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।