४ आश्विन २०८३, आइतबार

रामेश्वर बस्याल सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिकाे बैठकले २५ गते (शुक्रबार) देखि लागू हुने गरी बस्याललाई नियुक्त गरेकाे हाे ।

बैंकिङ क्षेत्रमा झण्डै ३६ वर्षको व्यापक अनुभव भएका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका थिए।

सन् २००५ मा सिद्धार्थ बैंकमा प्रवेश गरेका उनले यहाँ प्रबन्धकबाट सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतसम्मको यात्रा सफलतापूर्वक पूरा गरेका छन्।

बैंकले जनाएअनुसार, विशेष गरी बजार व्यवस्थापन, कर्जा लगानी र जोखिम व्यवस्थापन क्षेत्रमा बस्यालको उल्लेखनीय योगदान रहेको छ।

उनको नेतृत्वमा संस्थागत सुशासनलाई प्राथमिकता दिँदै सिद्धार्थ बैंकले आगामी दिनहरूमा दिगो विकास हासिल गर्ने, ग्राहक सेवालाई थप उत्कृष्ट बनाउने तथा संस्थागत संरचनालाई अझ मजबुत तुल्याउने विश्वास व्यक्त गरेकाे छ।