सिभिल बैंकको १०९ औं शाखा सुनवलमा « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

सिभिल बैंकको १०९ औं शाखा सुनवलमा



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ नवलपरासीको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना र सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सिभिल बैंकको सुनवल शाखाको उुद्घाटन गरे ।

सोही अवसरमा कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ १ थान फ्रिज पनि हस्तान्तरण गरेको छ । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन ।

सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए । आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन उनले आग्रह गरे । आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न उनले बताए ।

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले यस क्षेत्रका सम्पुर्ण बचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाए । उक्त पालिकाको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने उनले बताए ।

सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा, सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सुनवल उद्योग वाणीज्य संघका अध्यक्ष रमेश कर्माचार्य, सिभिल बैंकका प्रदेश ५ का प्रमुख किरण धमला लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेका छन । रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेकोे पनि बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्