इरानमा सरकार विरूद्धकाे प्रदर्शनमा नागरिक र सुरक्षाकर्मी सहित २००० जना मारिए
काठमाडाैं । इरानमा दुई सातादेखि जारी प्रदर्शन २००० भन्दा बढी व्यतिहरूकाे ज्यान गएकाे छ। एक इरानी अधिकारी उद्धत गर्दै रोयटर्सले दुई हप्तादेखि देशभर जारी अशान्तिलाई दबाउन गरिएको कडा कारबाही २,००० व्यक्तिले ज्यान गुमाइसकेकाे उल्लेख गरेकाे छ।
यद्यपि, ती अधिकारीले मारिनेहरूको विस्तृत विवरण (मृतककाे यकिन तथ्यांक) नदिए पनि २००० भन्दा बढी प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैको मृत्युको पछाडि ‘आतंककारी’हरूको हात रहेको दाबी गरे।
खराब आर्थिक अवस्थाका कारण सुरु भएको यो अशान्ति इरानी अधिकारीहरूका लागि विगत कम्तीमा तीन वर्षयताकै सबैभन्दा ठूलो आन्तरिक चुनौती बनेको छ। यो घटना गत वर्ष इजरायल र अमेरिकाको आक्रमणपछि बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच आएको हो।
सन् १९७९ को इस्लामिक क्रान्तिदेखि सत्तामा रहेका इरानका धार्मिक अधिकारीहरूले प्रदर्शनप्रति दोहोरो दृष्टिकोण अपनाउने प्रयास गरेका छन्। उनीहरूले आर्थिक समस्याका विरुद्ध गरिएका विरोधलाई वैध भन्दै अर्कोतर्फ सुरक्षा निकायमार्फत कडा दमन गरिरहेका छन्।
उनीहरूले अमेरिका र इजरायललाई अशान्ति भड्काएको आरोप लगाउँदै ‘आतंककारी’हरूले प्रदर्शनलाई कब्जामा लिएको बताएका छन्।
एक मानवअधिकारवादी समूहले यसअघि नै सयौं मानिस मारिएको र हजारौं पक्राउ परेको पहिचान गरिसकेको थियो। हालैका दिनहरूमा इन्टरनेट बन्दसहित सञ्चारमा लगाइएको प्रतिबन्धले सूचनाको प्रवाहमा बाधा पुर्याएको छ।
गत हप्ता प्रदर्शनकारी र सुरक्षा बलबीच भएका रात्रिकालीन झडप, गोलाबारी, जलिरहेका कारहरू र भवनहरूसहितका हिंसात्मक भिडन्तहरूका केहि भिडियोहरू सार्वजनिक भएका थिए र।













