गगन नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति, कोको आए पदाधिकारी र सदस्य ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गगन नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति, कोको आए पदाधिकारी र सदस्य ?



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बहुमत महाधिवेशन प्रतिनिधीहरु सहभागि भएको विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

थापा नेतृत्वको उपसभापतिमा ‘वेटिङ सभापति’ बनेर विश्वप्रकाश शर्मा आएका छन् । अर्को उपसभापतिमा पुष्पा भुसाल चयन भएकी छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

यसअघि उपसभापतिको उमेदवारका रुपमा हेरिएको र यस महाधिवेशन आयोजनामा गगन–विश्वलाई असाध्यै ठूलो मद्दत गरेको भनिएका फरमुल्ला मन्सुर पुरानै पद अर्थात् सहमहामन्त्रीमा थामिएका छन् । उनी मुस्लिम समुदायका तर्फबाट सहमहामन्त्री बनेका हुन् ।

नयाँ कार्यसमितिमा खसआर्यतर्फ उदय शम्शेर जबरा, महिलातर्फबाट डिला संग्रौला, मधेशीतर्फ मुक्ताकुमारी यादव, थारुतर्फ योगेन्द्र चौधरी,
आदिवासीतर्फ बहादुरसिंह लामा, दलिततर्फबाट प्रकाश रसाइली र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा सहमहामन्त्री चयन भएका छन् ।

गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीसमेत ३५ जना खुल्ला केन्द्रिय सदस्य, चम्पादेवी खड्कासहित ९ जना खुल्ला महिला केन्द्रिय सदस्य चयन भएका छन् ।

यस्तो छ कांग्रेसको नयाँ केन्द्रीय समिति :


प्रतिक्रिया दिनुहोस्