मन्जुश्री फाईनान्सद्वारा ’भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक, फाइनान्स कम्पनीमा पहिलो
काठमाडौं । आफ्ना ग्राहकहरूलाई सधैं नवीनतम् बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहँदै आएको मन्जुश्री फाईनान्स लिमिटेडले ’भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । फाइनान्स कम्पनीहरूमध्ये भर्चुअल क्रेडिट कार्डको सुविधा उपलब्ध गराउने मन्जुश्री पहिलो कम्पनी बनेको छ ।
यो कार्ड पूर्ण रूपमा डिजिटल रहेको छ । जसलाई ग्राहकहरूले ’मन्जुश्री स्मार्ट’ मोबाइल बैंकिङ एपमार्फत सजिलै प्रयोग गर्न सक्नेछन् । यसका मुख्य विशेषतामा ग्राहकहरूले फोनपेको कुनै पनि मर्चेन्ट त्तच् कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् । आफूले चलाएको रकममा न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट कार्ड सीमा (ीष्mष्त) सम्मको सुविधा उपभोग गर्न सकिनेछ ।
साथै, कार्ड आफ्नो मोबाइलमै हुने र आफूले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने सुविधा यसमा रहेको छ । भौतिक कार्ड बोक्ने झन्झट बिना नै क्रेडिट लिमिट बराबरको रकम सहजै चलाउन र भुक्तानी गर्न सकिन्छ ।
हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रवाह गरेको मन्जुश्री फाईनान्सले देशभर रहेका २७ वटा शाखा र एउटा विस्तारित काउन्टरबाट उत्कृष्ट बैंकिङ सेवा दिँदै आएको छ।
१ लाख ८० हजारभन्दा बढी सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिइरहेको यस फाइनान्सले यो नयाँ डिजिटल सुविधाले ग्राहकहरूलाई थप वित्तीय सहजता प्रदान गर्ने विश्वास लिएको छ । मन्जुश्री फाईनान्सले ल्याएको यो प्रविधिमैत्री सेवाले नेपालको बैंकिङ क्षेत्रमा डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्ने देखिएको छ ।














