नेपाली एयरलाइन्सको महाप्रबन्धकमा १० जनाको नाम 'सर्टलिस्ट' - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाली एयरलाइन्सको महाप्रबन्धकमा १० जनाको नाम ‘सर्टलिस्ट’



काठमाडौँ। नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदमा छनोटका लागि १० जनाको नाम संक्षिप्त सूचीमा परेको छ।

आइतबार रात परेपछि एउटा सूचना प्रकाशित गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संक्षिप्त सूची प्रकाशित गरेको हो।

उक्त पदका लागि रितपूर्वक आवेदन दिने १६ जनामध्ये न्यूनतम शैक्षिक योग्यता र अनुभव पूरा भएका १० जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित भएको हो।

वर्णानुक्रम अनुसार राखिएको उक्त सूचीमा उपेन्द्रबहादुर कार्की, टंकनिधि दाहाल, डा. दिपकप्रसाद बास्तोला, दिपुराज ज्वारचन, डा. भीमबहादुर चन्द, योगराज कंडेल शर्मा, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्ट कुमार बस्नेतको नाम समावेश छ।

संक्षिप्त सूचीमा समावेश भएका यी आवेदकहरूलाई सरकारले यही माघ १४ गते ‘व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता’का निम्ति भनेर बोलाएको छ।

यस्तो अन्तर्वार्ता सकिएपछि तीनजनाको नाम सिफारिस हुने र त्यसमध्ये एकजना वायुसेवा निगमको भावी महाप्रबन्धकमा नियुक्त हुनेछन्।


प्रतिक्रिया दिनुहोस्