२२.३४ प्रतिशतले बढ्याे कामना सेवा बैंककाे नाफा, दोस्रो त्रैमासमा कस्ता छन् अन्य सूचक ?
काठमाडाैं । चालु आर्थिक वर्षकाे दोस्रो त्रैमास कामना सेवा विकास बैंककाे बैंकको नाफा २२.३४ प्रतिशतले बढेको छ।
बैंकले प्रकाशन गरेकाे चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मकाे अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिसम्म ३९ करोड ४५ लाख खुद नाफा कमाएकाे छ।
आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएकाे छ। अघिल्लो वर्षकाे तुलनामा यस अवधिमा बैंककाे खुद ब्याज आम्दानी ११.१८ प्रतिशतले बढेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंककाे सञ्चालन मुनाफा पनि २०.९१ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४६ करोड ९१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
यस्तै पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ कायम भएको छ।
समिक्षा अवधिमा बैंकको पीई रेसियो २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ।
चुक्तापुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख रुपैयाँ र जगेडामा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ।
पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।













