रञ्चारमन्त्री खरेलको राजिनामा रास्वपाबाट उम्मेदवार बन्ने तयारी
काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेलले राजिनामा दिएका छन् ।
स्रोतका अनुसार आज उनले राजिनामाको घोषणा गरेका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गरेका छन् ।
आज सूचना तथा संचारप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी मन्त्री खरेलले राजिनामाको घोषणा गरेका हुन् ।













