राजीनामा पछि खाली भएको ३ मन्त्रालय प्रधानमन्त्री कार्कीले सम्हाल्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।
प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिकएको मन्त्रालय रहेको छ । मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।












